२१ असोज, काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।
मंगलबार तोलामा ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा रु ८ सय घट्दै तोलामा ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको हो । यस्तै बुधबार तोजाबी सुन तोलामा ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार मंगलबा तोलामा १२ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार ११ सय ७५ रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस