समाचार

कपिलवस्तुमा ट्रयाक्टर दुर्घटनामा हुँदा चालकको मृत्यु

road accident

२१ असोज, कपिलवस्तु । शिवराज नगरपालिका वडा नं  ४ मा आज ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

साँझ ६ बजे ट्रयाक्टर अनियन्त्तित भई दुर्घटना हुँदा महाराजगञ्ज नगरपालिका वडा नं २ पडरियाका करीब २८ वर्षीय चालक सर्फुदिन मुसलमान (चिन्नु) को मृत्यु भएको प्रहरीले जनाएको छ ।

खरेन्द्रपुर महाराजगञ्ज सडकखण्डमा लु ३ त ४८८ नं को ट्रयाक्टर  दुर्घटना भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिए ।

ट्रयाक्टरले च्यापेका अवस्थामा मुसलमानलाई उद्धार गरी शिवराज अस्पताल बहादुरगञ्जमा उपचारका क्रममा ल्याउँदा मृत्यु भएको बताइएको छ ।

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस