२२ असोज, दाङ । तुलसीपुर उप-महानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
नगर प्रमुख पाण्डेसहित बिहीबार तुलसीपुरका २१ जनालाई कोरोना संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिए ।
ज्वरो आएपछि पाण्डेको मंगलबार स्वाब संकलन गरिएको थियो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा स्वाब परीक्षण गर्दा बिहीबार कोभिड-१९ पोजिटिभ भएको केसीले बताए ।
प्रतिक्रिया दिनुहोस