२३ असोज, बाँके । बाँकेमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारत नेपालगन्ज उप-महानगरपालिका–१ की ८५ वर्षीया महिलाको मृत्यु भएको हो ।
उपचारका क्रममा २२ गते बेलुका उनको मृत्यु भएको जनस्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । मृत्युपछि उनमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । उनलाई उपचारका लागि २१ असोजमा भेरी अस्पतालमा भर्ना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस