२४ भदौ, काठमाडौं । नेपालमा थप ५ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप ५ हजार ८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ। संक्रमितमध्ये ७४ हजार २५२ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ६१४ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस