राजनीति

डा.केसी र सरकारबीच भएको सहमतिलाई कांग्रेसले गर्‍यो स्वागत

dr kc ansan

२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसले डा. गोविन्द केसी र संघीय सरकारबीच भएको सहमतिलाई स्वागत गरेको छ । केसीसँग भएका ८ बुँदे सहमतिलाई सरकारले इमान्दार ढंगले कार्यान्वयन गर्नुपर्ने कांग्रेसको भनाइ छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यसअघि सरकारले गरेका सहमति कार्यान्वयन नहुँदा डाक्टर केसी यसपटक पनि अनसनमा बस्नुपरेको उल्लेख गर्दै इमान्दार ढंगबाट सहमति कार्यान्वयन गर्न माग गरेका हुन् ।

डाक्टर केसीले आइतबार बिहान अनसन तोडेका हुन् । उनको यो १९ औं अनसन थियो ।

प्रवक्ता शर्माले विज्ञप्ति निकालेर भनेका छन्, ‘थप द्वन्द्व सृजना हुन नदिन २४ असोजको मध्यरातमा गरिएको ८ बुँदे सहमति इमान्दार ढंगले कार्यान्वयन गर्दै अघि बढ्न कांग्रेस वर्तमान सरकारलाई सजग गराउँदै सार्वजनिक रुपले आग्रह समेत गर्दछ ।’

conress kc

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस