Advertisement

About Author

Morgan Howen

Morgan is an example author of everest news. She has just a dummy image &

Everest News

Ut interdum risus felis, eget rhoncus sem aliquam nec. Sed eu congue arcu. Duis ultricies orci nec diam malesuada accumsan. Aliquam pulvinar pulvinar orci, nec ornare ex efficitur ac. Proin quis laoreet quam. Praesent sagittis mollis turpis tempus sodales. Ut efficitur tortor nec condimentum ornare.

गण्डकीमा प्रदेशमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

१६ कात्तिक, पोखरा । कोरोना भाइरसको संक्रमणबाट गण्डकी प्रदेशमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । दुई जना महिला र एक जना पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा एक जना पोखरा र दुई जना नवलपरासी पूर्वका छन् ।

पोखरा महानगरपालिका वडा नं ९ की ६२ वर्षीय महिलाको शनिबार मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिए ।

यसैगरी गैंडाकोट २ की ७७ वर्षीया महिलाको पनि शनिबार नै मृत्यु भएको हो । होम आइसोलेशनमै उनको मृत्यु भएको डा शर्माले जानकारी दिए । यसैगरी कावासोती ६ का ६७ वर्षीय पुरुषको शनिबार मृत्यु भएको छ । उनको पनि होम आइसोलेशनमै मृत्यु भएको हो ।

यस्तै, गण्डकीमा थप नयाँ ६३ संक्रमित थपिएका छन्  । पछिल्लो विवरण अनुसार गण्डकी प्रदेशमा कोरोनासंक्रमितको संख्या ७ हजार ३७८ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा  गरिएको परिक्षणमा गण्डकी  प्रदेशमा थप भएका नयाँ ३२ त्यसैगरी क्षयरोग उपचार केन्द्र, पोखरामा  गरिएको परिक्षणमा थप नयाँ ३० जना गरि ६२ नयाँ संक्रमित थपिएका हुन् ।

एनएमबि न्यूज