समाचार

प्रतीक्षालयमा वेवारिसे महिलाको शव फेला

death youth

१६ कात्तिक, कैलाली । कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियामा रहेको प्रतीक्षालयमा वेवारिसे शव भेटिएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत चौधरीले शनिबार साँझ प्रतीक्षालयमा बेवारिसे शव भेटिएको बताए ।

अन्दाजी ६० वर्षीया महिलाको शव भेटिए पनि पहिचान नखुलेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस