१६ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ९ सय ६० पुगेको छ ।
मन्त्रालयका अनुसार आइतबार देशभर थप २८ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा ३६ सय २० जना कोरोनामुक्त भएका छन् ।
त्यस्तै, संक्रमितमध्ये २८३ जनाको आइसियू र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस