१८ कात्तिक, काठमाडौं । सोमबार सुनको मूल्य तोलामा ९५ हजारमा कारोबार भएकोमा आज तोलामा ४ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ९ रहेको छ ।
त्यसैगरी मंगलबार चाँदीको मुल्य पनि तोलाको रु ५ ले बढेर प्रतितोला १२ सय १० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस