समाचार

हेटौंडामा दृश्यावलोकन स्तम्भ र उद्यान निर्माण शुरु

view tower

१८ कात्तिक, हेटौंडा । वाग्मती प्रदेशको राजधानी हेटौंडामा पर्यटक आकर्षित गराउन, राजधानीको गरिमा बढाउन तथा व्यवस्थित गर्नका लागि हेटौंडा उपमहानगरपालिकामा दृश्यावलोकन स्तम्भसहितको उद्यान निर्माण शुरु भएको छ ।

हेटौंडा उपमहानगरपालिकाको रु तीन करोड ७५ लाखको लागतमा हेटौंडा वडा नं १३ स्थित ठूलोथलीमा उक्त भ्यूटावर निर्माण शुरु भएको हो । बहुवर्षीय  कार्यक्रम योजनाअन्तर्गत शुरु भएको पाँचतले टावरको निर्माणमा उपमहानगरपालिकाले चालू आर्थिक वर्षमा रु २४ लाख बजेट विनियोजन गरेको कार्यालयले जनाएको छ । उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले पर्यटकीय क्षेत्रको सम्भावना रहेकाले त्यहाँ भ्यूटावर निर्माण गर्न लागिएको बताउँदै त्यस क्षेत्रमा बालोद्यान, वनभोजस्थलसहितको उद्यान निर्माण गर्न लागिएको जानकारी दिए ।

उद्यान विभिन्न जनावरको मूर्तिसमेत राखिने बताइएको छ । यसैबीच हेटौंडा– ५ क्याम्पाडाँडा चौरलाई व्यवस्थित खेल मैदान बनाउन शुरु भएको छ । उपमहानगरपालिकाले विभिन्न वडाका खेल मैदानलाई व्यवस्थित बनाउने कार्यक्रमअन्तर्गत उक्त चौरलाई खेलकूद मैदानका रुपमा व्यवस्थित गर्न लागेको बताइएको छ । यसअघि खेलकूद कार्यक्रम भए पनि चौर व्यवस्थित नहुँदा समस्या आएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस