१८ कात्तिक, बुटवल । भन्सार छलेर भैसीं पैठारी गर्ने भारतीय नागरिक पक्राउ परेका छन् ।
करिब एक लाख मूल्य बराबरको दुईवटा माउभैसीं तथा दुईवटा पाडी भन्सार छलेर चोरी पैठारी गर्ने भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
भारतको विहर राज्य जिल्ला मोतिहारी ग्राम भगवानपुर बस्ने २३ वर्षीय मोसाफिर साह तेलीलाई पनि नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस