समाचार

तोलामा ९ सयले बढ्यो सुनको मूल्य

gold

१९ कात्तिक, काठमाडौं । नेपाली बजारमा बुधबार सुन तोलामा ९०० रुपैयाँ बढेको छ।

मंगलबार तोलामा ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य बुधबार तोलामा १२०५ रुपैयाँ रहेको छ भने मंगलबार १२१० रुपैयाँमा कारोबार भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस