१९ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार थप १८ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित मध्ये काठमाडौं जिल्लाका १५ सय ७० जना, ललितपुरमा १८९ जना र भक्तपुरमा ११९ जनामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, आज देशभर ३३ सय नौजनामा संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस