समाचार

थप ३० संक्रमितको मृत्यु, मृतकको संख्या १०३४ पुग्यो

covid 19 dead body

१९ कात्तिक, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ३० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०३४ पुगेको छ ।

यस्तै, बुधबार नेपालमा थप ३ हजार ३०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस