१९ कात्तिक । पेरिस जलवायु सम्झौताबाट अमेरिका औपचारिक रुपमा बाहिरिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१७ मै यस सम्झौताबाट बाहिरिने घोषणा गरेका थिए । ४ नोभेम्बर २०१९ मा ट्रम्प प्रशासनले औपचारिक रुपमै संयुक्त राष्ट्रसंघलाई यस विषयमा जानकारी गराएको थियो ।
जसअनुसार एक वर्षपछि यो निर्णय कार्यान्वयन भएको हो । २०१५ मा गरिएको यस सम्झौताका १ सय ९७ हस्ताक्षरकर्तामध्ये बाहिरिने अमेरिका एकमात्रै देश हो । यस सम्झौताले देशको अर्थतन्त्रलाई अवमूल्यन गरेको ट्रम्पको दाबी थियो । अमेरिका विश्वको दोस्रो ठूलो ग्रीनहाउस उत्सर्जन गर्ने देश हो ।
अमेरिकामा राष्ट्रपतिको चुनाव सकिएर मतगणना भइरहेको छ । ट्रम्पका प्रतिस्पर्धी डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले आफु विजयी भएमा यस सम्झौतामा पुन जोडिने घोषणा गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
'