ओली र प्रचण्डबीचको संघर्ष अग्रगमन र पश्चगमनबीचको लडाइँ : बाबुराम भट्टराई

१९ कात्तिक, काठमाडौं । सत्तारुढ दल नेकपामा देखिएको आन्तरिक विवादले देशको राजनीति नै प्रभावित बनिरहेको बेला जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बाहिरबाट हेर्दा नेकपाको लडाइँ व्यक्तिबीचको जस्तो देखिए पनि त्यो लडाइँ अग्रगमन र पश्चगमनबीचको भएको टिप्पणी गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘यो तीतो सत्य भन्नैपर्छः नेकपाभित्रको किचलो रूपमा दुइ अध्यक्षवीचको सत्तासंघर्ष देखिए पनि सारमा त्यो गहीरो वैचारिक–राजनीतिक अन्तरविरोधको अभिव्यक्ति नै हो । यो अन्तर्यमा अग्रगमन र पश्चगमनबीचचको लडाइँ हो ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पश्चगमनकारी भएकोसमेत आरोप लगाएका छन् । उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई भने अग्रगमनकारी भनेका छन् ।

 

एनएमबि न्यूज