Advertisement

About Author

Morgan Howen

Morgan is an example author of everest news. She has just a dummy image &

Everest News

Ut interdum risus felis, eget rhoncus sem aliquam nec. Sed eu congue arcu. Duis ultricies orci nec diam malesuada accumsan. Aliquam pulvinar pulvinar orci, nec ornare ex efficitur ac. Proin quis laoreet quam. Praesent sagittis mollis turpis tempus sodales. Ut efficitur tortor nec condimentum ornare.

एनसेलले कोरोनासम्बन्धी जनचेतना अभिवृद्धि गर्न स्वास्थ्य मन्त्रालय र युनिसेफसँग सहकार्य गर्दै

२० कात्तिक, काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत हाल कोरोनाभाइरसको संक्रमण बढिरहेका बेलामा यसबाट बच्नका लागि आम जनमानसमा जनसचेतना फैलाउने कार्यमा केन्द्रित हुँदै विभिन्न अभियान संचालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफ नेपालसँग सहकार्य गरेको छ ।

कोरोनाभाइरससम्बन्धी जनसचेतना अभिवृद्धिको यस अभियानमा नेपाल सरकारद्वारा प्रमाणित तथा सिफारिस गरिएको कोरोनाभाइरसबाट बच्न र बचाउन अपनाउनुपर्ने तीन मुख्य उपायहरु-व्यक्ति व्यक्तिबीच कम्तीमा दुई मिटर दूरी कायम गर्ने, घरबाट बाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्ने र बेलाबेलामा साबुनपानीले मिचिमिची कम्तीमा २० सेकेण्डसम्म हात धुने सन्देशलाई व्यापकरुपमा फैलाईएको छ ।

यस अभियानअन्तर्गत एनसेलले मास्कको सही प्रयोग, मास्क कसरी लगाउने, कस्तो किसिमको मास्क प्रयोग गर्ने भन्ने लगायतका विभिन्न जान्नै पर्ने जानकारीहरु समावेश गरी कोरोनाभाइरसको संक्रमणबाट बच्न र बचाउन जनचेतना जगाउने कार्य गरिरहेको छ ।

सहकार्यबारे धारणा राख्दै  एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने, ‘यस विषम् परिस्थितिमा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँग सहकार्य गर्दै  हाल  तीव्रगतिमा फैलिरहेको कोरोना संक्रमण रोक्न, पत्ता लगाउन र यसको प्रतिकार्यमा लाग्नका लागि जनचेतना फैलाउन हामी प्रतिबद्ध छौं ।’

उनले निजी क्षेत्रको एक जिम्मेवार व्यवसायिक नागरिकका रुपमा एनसेलले जनमानस माझ कोरोनाका बारेमा जनचेतना जगाउन र यस महामारी र यसको प्रतिकार्य तयारीका निमित्त सचेत गराउँदै आफ्नो तर्फबाट अभिन्न भुमिका निर्वाह गर्दै आएको बताए ।

उनी भन्छन्, ‘कोरोना जस्तो संकटको सामना गर्नको लागि विभिन्न सरोकारवालाहरुसँगको सहकार्य आवश्यक पर्दछ जसले गर्दा सबै एकजुट भएर गरेको सहयोगले सरकारको कोरोना विरुद्घको अभियानमा ठूलो सहयोग पुग्छ । कोरोना विरुद्घ एनसेलले गरेको योगदान निजी क्षेत्रले आफ्नो विषेशज्ञता, अनुभव, क्षमता तथा दक्षताका आधारमा कसरी सहयोग गर्न सक्छ भन्ने मात्र एउटा उदाहरण हो । नेपाली जनताको सेवा गर्ने हाम्रो प्रतिबद्धतामा कुनै सम्झौता हुँदैन ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पुरै विश्वनै यस स्वास्थ्य संकटको विशम परिस्थितीबाट गुज्रिरहेको अवस्थामा, जनस्वास्थ्य सम्बन्धी जनसचेतनामुलक कार्यहरुले प्रमुख भुमिका राख्ने बताए । उनले कोरोना महामारीको संक्रमण फैलिरहेको बेलामा यसको नियन्त्रण तथा रोकथामको लागि एनसेलले जनस्वास्थ्य सम्बन्धी जनचेतना फैलाउन पुर्याएको सहयोगको सरह्ना गर्दै कोरोनाभाइरस महामारीको प्रतिकार्यका लागि पुरा विश्वमा नै सरकारहरु, एनसेल जस्ता निजी क्षेत्रहरु र युनिसेफ जस्ता संस्थाहरु एकजुट भई यसको रोकथामको लागि कार्यहरु गरिरहेको बताए । हालको अवस्थामा कोरोना प्रतिकार्यका लागि नयाँ समाधान र विशेषज्ञताका साथ डटेर लड्न यस किसिमको सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो ।

“कोभिड–१९ बालबालिका, परिवार तथा पुरै विश्वभरका समुदायको लागि सार्वजनिक स्वास्थ्य संकटको रुपमा रहेको छ । यनिसेफले नेपाल सरकारसँगको सहकार्यमा यस महामारीसँग लड्न काम गरिरहेको छ र एनसेल जस्ता विभिन्न निजी संस्थाहरुसँगको सहकार्यले कोरोना विरुद्घको अभियानमा वास्तवमै ठूलो महत्व राख्दछ । विशेषत यस संकटको समयमा मानिसहरुलाई कोरोनाबाट बच्ने महत्वपुर्ण सन्देशहरु प्रवाहमा गरिएको सहयोग निकैनै महत्वपूर्ण छ,” नेपालका लागि युनिसेफका प्रतिनिधि एल्के विस्चले भनिन् ।

एनसेलले जनस्वास्थ्य सम्बन्धी जनसचेतना अभिवृद्घिमा सहयोग गर्ने प्रतिबद्घताका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । साथै एनसेलले जनसचेतना जगाउने कार्यका लागि युनिसेफ नेपालसँग पनि समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

कोरोनाभाइरससम्बन्धी जनसचेतना अभिवृद्घि अभियानमा एनसेलले बहिरा कलाकार सुजल बमको साथ लिई महत्वपूर्ण तीन सन्देशलाई अझै फराकिलो रुपमा समाजमा रहेका सबै वर्गमाझ यीे सन्देशहरु पुर्याउने काम गरिरहेको छ । कोराना संक्रमणबाट बच्न र बचाउन यी सन्देशहरु एनसेलले आम सञ्चारका विभिन्न माध्यमबाट समाजका हरेक तह र तप्कासम्म पु¥याउने काम गरिरहेको छ ।

कोरोनाभाइरस विरुद्घको पहल अन्तर्गत नै एनसेलले सरकारको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारार्थ रु १० करोड योगदान गरेको थियो । यसका साथै कम्पनीले कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रलाई कन्ट्याक्ट ट्रेसिङमा सहयोग पुर्याउँदै आएको छ र साथै वैशाख २०७७ देखि नै यूएसएसडी सर्वेक्षणबाट कोरोना संक्रमित पत्ता लगाउन पनि मद्दत पुर्याउँदै आएको छ ।

एनएमबि न्यूज