समाचार

कोरोना संक्रमित कानुनमन्त्री शाहलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइने

Prakash shah

२१ कात्तिक, काठमाडौं । कोरोना संक्रमित सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री प्रकाश शाहलाई उपचारको लागि हेलिकप्टरबाट काठमाडौं ल्याइने भएको छ । १५ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका मन्त्री शाह बिहीबार सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पताल भर्ना भएका थिए ।

नाकबाट रगत बग्न थालेपछि अस्पताल भर्ना भएका मन्त्री शाहलाई शुक्रबार थप उपचारको लागि काठमाडौं ल्याइने तयारी भइरहेको उनको सचिवालयले जनाएको छ । नाकबाट रगत बग्न रोकिएपछि अस्पतालबाट बिहीबार साँझ उनलाई डिस्चार्ज गरिएको थियो ।

चिकित्सकको सल्लाह अनुसार थप उपचारको लागि शुक्रबार काठमाडौं ल्याइने तयारी भइरहेको मन्त्री शाहका स्वकीय सचिव जंग विकले जानकारी दिए  ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस