समाचार

नागढुङ्गाबाट श्रोत नखुलेको ४० लाख नगदसहित एक जना पक्राउ

arrest

२१ कात्तिक, काठमाडौं । नागढुंगाबाट स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ४० लाख रुपैयाँसहित नवलपरासी (पश्चिम) पाल्हीनन्दन गाउँपालिका-२ बस्ने ४० वर्षीय व्यास गुप्ता शुक्रबार बिहान पक्राउ परेका हुन्।

महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ख ८६५२ नम्बरको यात्रुबाहक बस जाँच गर्दा बसमा सवार गुप्तालाई झोला र कम्मरपेटीमा लुकाई ल्याएको १ हजार दरका ४ हजार थानमा रहेको उक्त रकमसहित प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस