मनोरञ्जन ताजा समाचार

दयाहाङसँग बिमलाको ‘आउन माया’ (भिडियोसहित)

dahyang rai auuna maya

२२ कात्तिक, काठमाडौं । गायिका मेलिना राई र गायक सुमन राईको स्वर रहेको गीत ‘आउन माया’को म्युजिक भिडियो सार्वजनिक भएको छ । हरि लम्सालको शब्द, संगीत र एरेन्ज रहेको गीतले माया प्रेम र विरहलाई नजिकबाट केलाउन खोजेको छ ।

भिडियोमा दयाहाङ राई र बिमला खजुमको अभिनय रहेको छ । भिडियोमा आफूलाई भन्दा बढी माया गर्ने मायालु साथमा नै हुँदा बेवास्ता गर्ने प्रेमीले मायालु टाढिएपछि बल्ल उनको महत्व बुझेको कथा बुनिएको छ ।

किरन चाम्लिङ राईको निर्देशन रहेको गीतको भिडियोमा दयाहाङ राई र बिमलाको अभिनय रहेको छ । अनिल रानाको सम्पादन, भुपेन्द्र तुम्बाहाम्फेको छायाँकन भिडियोमा रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस