Advertisement

About Author

Morgan Howen

Morgan is an example author of everest news. She has just a dummy image &

Everest News

Ut interdum risus felis, eget rhoncus sem aliquam nec. Sed eu congue arcu. Duis ultricies orci nec diam malesuada accumsan. Aliquam pulvinar pulvinar orci, nec ornare ex efficitur ac. Proin quis laoreet quam. Praesent sagittis mollis turpis tempus sodales. Ut efficitur tortor nec condimentum ornare.

यसकारण ओली र प्रचण्डबीचको विवाद चर्कियो

२३ कात्तिक, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सरकार र पार्टीमा आ–आफ्नो पहुँच विस्तार तथा प्रभुत्व कायम गर्न खोज्दा आन्तरिक विवाद चर्किएको छ । प्रधानमन्त्रीसमेत रहेका ओलीले सरकारमा आवश्यक मन्त्रीलगायत नियुक्ति आफैंले गर्न पाउनुपर्ने तथा कार्यकारी अध्यक्ष दाहालले प्रधानमन्त्रीले मन्त्री बनाउँदा वा सरकारी नियुक्ति गर्दा पार्टीको सल्लाहमा गर्नुुपर्ने विषयलाई आ–आफ्नो प्रतिष्ठासँग जोडेका छन् । यही प्रतिष्ठाको विषयले ओली र दाहालबीच टकराव बढेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको छलफलमा ओली र दाहालबीच मन्त्रिपरिषद् पुनर्गठन, सरकार र पार्टी सञ्चालन, सरकारले गर्ने राजनीतिक नियुक्तिलगायत विषयमा भनाभन भयो । ओलीसँग छलफल गर्न दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, अर्का वरिष्ठ नेता झलनाथ खनाल, पार्टी उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ बालुवाटार पुगेका थिए । दाहालसहितका नेताले ओलीलाई सचिवालय बैठक डाकेर विवादका विषयमा छलफल गरी निकास खोज्नुपर्ने बताएका थिए ।

यसै क्रममा सरकार र पार्टी सञ्चालन तथा राजनीतिक नियुक्तिको विषय उठेपछि ओली र दाहालबीच विवाद भएको छलफलमा सहभागी एक नेताले बताए । ती नेताका अनुसार प्रधानमन्त्री ओलीले पार्टीभित्रैबाट सरकारविरुद्ध षड्यन्त्र भएको र दाहालले सरकारले राजनीतिक नियुक्तिलगायत काम गर्दा आफूहरूसँग नसोधेको बताएपछि धेरै बेर विवाद भएको थियो ।

‘तपाईंहरू (दाहाल पक्षलाई लक्षित) गुट भेला गर्ने, सरकारविरुद्ध षड्यन्त्र गर्ने, जाली कुरा गर्ने, बाहिर ओलीले पार्टी फुटाउँछ भन्दै हिँड्ने’, ओलीलाई उद्धृत गर्दै ती नेताले भने, ‘ओलीले दाहाललाई जाली र झेली कुरा गरेको, सरकारविरुद्ध षड्यन्त्र गरेको, सरकारको काममा विभिन्न बहानामा हस्तक्षेप गर्न खोजेको आरोप लगाउनुभयो ।’

प्रधानमन्त्री ओली कड्किएपछि दाहाल पनि उत्तेजित भएका थिए । दाहालले ओलीमाथि स्थायी कमिटीको निर्णय नमानेको, सचिवालय बैठक बोलाउन अस्वीकार गरेको, पार्टीबाट अलगअलग बसौं भनेको र मुलुकमा कोरोना महामारी बढिरहँदा राज्यशक्तिको दुरूपयोग गरी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारलाई पनि आफ्नो समूहको अखडा बनाएको आरोप लगाए ।

‘मैले धेरै पटक बैठक बसौं भनें तर तपाईं (ओली) ले मान्नुभएन, मन्त्री, राजदूत नियुक्तिजस्ता विषयमा स्थायी कमिटीले पार्टीका दुई अध्यक्षबीचको सल्लाहमा निर्णय लिने भनिएको थियो तर तपाईंले सल्लाह गर्नुभएन, पार्टीको अन्तरपार्टी निर्देशन जारी गर्ने बेलामा पनि तपाईंले आफ्नो उपस्थिति खोज्नुभयो र पार्टी निर्णय त्यहींबाट उल्लंघन भयो,’ दाहाललाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘यस्ता सबै विषय उल्लंघन गर्ने तपाईं जाली कि म जाली ?’

दाहालले प्रधानमन्त्री ओलीमाथि पार्टीलाई नसोधी एकलौटी निर्णय गरेको र सरकारमा आफूलाई मन परेकालाई मात्र सहभागी गराएर पार्टीको समेत बदनाम गर्न खोजेको आरोप लगाएका थिए । जबाफमा ओलीले सरकारको नेतृत्व पार्टी अध्यक्षले गरेकाले मन्त्री बनाउँदा र अन्य नियुक्तिको निर्णय गर्दा खासै अरूलाई सोधिरहनुनपर्ने बताएका थिए। उनले यस विषयमा केही नमिलेको भए केही दिनपछि सच्याउने पनि बताए ।

स्रोतका अनुसार दाहाल–ओली भनाभन चर्कंदै गएपछि वरिष्ठ नेता नेपाल र उपाध्यक्ष गौतमले बीचमै बोलेर हस्तक्षेप गरेका थिए। नेपाल र गौतमले पार्टी कमिटी बैठकबाट कोही पनि भाग्न नमिल्ने र सबै विवादको निकास पार्टीका बैठकबाट खोजिनुपर्ने धारणा राखेका थिए। यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

पत्रपत्रिका