२३ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनपछि कुमारी बैंकले लाभांशमा परिवर्तन गरेको छ।
बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले यसअघि दिने भनिएको बोनस र नगद लाभांश दरमा परिवर्तन गरेको हो ।
शुक्रबारको निर्णय अनुसार अब सेयरधनीहरुले १०.८५ प्रतिशत बोनस सेयर र ३.१५ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश पाउनेछन् । यस अघि भने बैंकले १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत नै लाभांश दिने घोषणा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस