२५ कात्तिक, काठमाडौं । अमेरिकाका नव–निर्वाचित राष्ट्रपति जो बाइडेनले चुनाव जितेपछि सबैभन्दा पहिले कोरोना महामारीसँग जुध्नका लागि कोभिड–१९ टास्क फोर्स गठन गरेका छन् ।
१३ सदस्यीय टास्क फोर्समा ३ सहअध्यक्ष र १ सदस्य छन् । टास्क फोर्सले कोरोना नियन्त्रणका विषयमा वैज्ञानिक र विज्ञसँग सल्लाह लिने बाइडेनले बताएका छन् ।
उनले कोरोना महामारीसँग जुध्नु उनको प्रशासनको पहिलो प्राथमिकता बताएका छन् । उनले भने, ‘अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको लगातार बढिरहेको संक्रमणमा लगाम लगाउनु हो र मानिसहरुका लागि प्रभावकारी भ्याक्सिन खोज्नु ।’
प्रतिक्रिया दिनुहोस