२७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीको सम्पूर्ण पारिश्रमिक कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा हुने भएको छ ।
बिहीवार मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्रीको तलब कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।
यस्तै उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरुको तलबको ५० प्रतिशत रकम पनि कोषमा जम्मा गर्ने निर्णय सरकारले गरेको छ । २०७७ कात्तिकदेखि चैतसम्मको तलब कोषमा जम्मा हुने सरकारका प्रवक्ता गुरुङले बताए ।
प्रतिक्रिया दिनुहोस