२८ कात्तिक, काठमाडौं । शुक्रबार सुनको मूल्यमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा रु ५ सयले बढेर प्रतितोला ९५ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार छापावाला सुन तोलाको रु ९४ हजार ७ सयमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन शुक्रबार तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । महासंघले विगत ३ दिनयता चाँदीको मूल्य भने स्थिर रहेको जनाएको छ । शुक्रबार चाँदी तोलामा १२ सय २० रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस