समाचार

कालीकोटका शैक्षिक अभियानकर्मी विष्टको निधन

bead body tag

२८ कात्तिक, कालिकोट । कालीकोटका शैक्षिक अभियानकर्मी कालीबाहन विष्टको ६८ वर्षका उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेहका बिरामी विष्टको काठमाडौं मा उपचारका क्रममा आज बिहान निधन भएको छोरा रोहनले जानकारी दिए ।

नरहरिनाथ गाउँपालिका – ८ लालु स्थायी घर भएका विष्टले लामो समय जिल्लाका विभिन्न विद्यालयमा अध्यापन गरेका थिए । उनी कालीकोटमा शिक्षाको ज्योति फैलाउने अग्रणी व्यक्तित्व भएको  गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस