२८ कात्तिक, जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका मुजेलियामा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
धनुषाधामबाट जनकपुरतर्फ आउँदै गरेको बा २० प ६८३१ नम्बरको कार शुक्रबार बिहान नालामा खसेर दुर्घटना हुँदा त्यसका चालक धनुषाधाम नगरपालिका वडा नम्बर १९ का ४५ वर्षीय विजय शर्माको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले जानकारी दिए ।
उनले भने– ‘कार चालक नै कार धनी समेत रहेकाले कार चलाउने क्रममा प्राविधिक गडबडीले मोड्न नसकेपछि अनियन्त्रित भई पुलबाट तल नालामा खसेको अनुमान छ ।’ मृतक शर्माको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस