नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय नाघ्यो

२८ कात्तिक, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२०२ पुगेको छ ।

यस्तै, नेपालमा थप २१११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ भने अहिलेसम्म १ लाख ६८ हजार १२९ जना संक्रमणमुक्त भएका छन् ।

एनएमबि न्यूज