राजनीति

सङघीयतालाई सस्थागत गर्न उपेन्द्र यादवको आग्रह

upendra yadav

२८ कात्तिक, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सङघीयता र गणतन्त्रको सस्थागत विकासमा सरकारले ध्यान नदिएको आरोप लगाएका छन् ।

सप्तरीको राजविराजमा आज आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले  सङ्घीयताको प्रभावकारी कार्यान्वयनबाट मात्र जनताको अधिकार सुनिश्चित हुन्छ भने ।

अध्यक्ष यादवले गरीबी र बेरोजगारी समस्यालाई सम्बोधन आवश्यकता रहेकोमा जोड दिए । पार्टीका अर्का राजकिशोर यादवले बैकल्पिक राजनीतिक शक्तिको रुपमा पार्टी रहेको दाबी गरे ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रेणुकुमारी यादव, राष्ट्रिय सभा सदस्य मृगेन्द्रकुमारसिंह यादव, अर्का सदस्य शेखरकुमार सिंह, प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साह, प्रदेश सभा सदस्य मनिषकुमार सुमन लगायतले सम्बोधन गरेका थिए ।

पार्टीका जिल्ला अध्यक्ष केदार यादवको अध्यक्षता सम्पन्न कार्यक्रममा पार्टीका युवा नेता शम्भुकुमार यादवले कोरोना नियन्त्रण गर्न सरकारले ध्यान दिनुपर्छ भने ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस