समाचार

डा. गोविन्द केसीको उपचार खर्च सरकारले व्यहोर्ने

gobinda kc

२९ कात्तिक, काठमाडौं । कोरोना संक्रमणपछि उपचाररत डा. गोविन्द केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार ट्वीट गर्दै डा. केसीको उपचार खर्च सरकारले व्यहोर्ने जनाएका हुन् । उनले डा. केसीको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

उनले ट्वीटरमका लेखेका छन्, ‘कोरोनाबाट संक्रमित हुनु भएका डा गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। उहाँको उपचारको सम्पूर्ण खर्च सरकारले ब्योहोर्ने समेत जानकारी गराउँदछु ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस