३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
सोमबार र बिहिबार नियमित बैठक बस्ने गरेपनि प्रधानमन्त्रीले आजका लागि बैठक बोलाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा दिउसो १ बजे मन्त्रिपरिषद्को बैठक बस्ने जानकारी आएको एक मन्त्रीले जानकारी दिए ।
उनका अनुसार आजको बैठक नियमित भनिए पनि अध्यादेशका सम्बन्धमा छलफल हुन सक्नेछ । कतिपय नेताहरुले दल विभाजन सम्बन्धी अध्यादेश फेरि पनि ल्याउन सक्ने आकलन गरेका छन् । तर यसको पुष्टि भने हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस