समाचार

काठमाडौं उपत्यकामा थपिए १०९८ जना कोरोना संक्रमित

kathmandu valley

३ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा थप १०९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा थप १०९८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ८८२, भक्तपुरमा ४८ र ललितपुरमा १६८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

यस्तै, नेपालमा थप १४४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७  पुगेको छ भने अहिलेसम्म मृत्यु हुनेको संख्या १२५९ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस