Advertisement

About Author

Morgan Howen

Morgan is an example author of everest news. She has just a dummy image &

Everest News

Ut interdum risus felis, eget rhoncus sem aliquam nec. Sed eu congue arcu. Duis ultricies orci nec diam malesuada accumsan. Aliquam pulvinar pulvinar orci, nec ornare ex efficitur ac. Proin quis laoreet quam. Praesent sagittis mollis turpis tempus sodales. Ut efficitur tortor nec condimentum ornare.

सन्दीपले अष्ट्रेलियाको होबर्ट हुरिकेन्सबाट बिग ब्यास लिग खेल्ने

४ मंसिर, काठमाडौं । नेपाली क्रिकेटका ‘ग्लोबल आइकन’ सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) टी ट्वान्टी क्रिकेट होबर्ट हुरिकेन्सबाट खेल्ने भएका छन् । होबर्टले आज विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए । सम्झौता रकम भने उसले खुलाएको छैन ।

सन्दीपले लगातार तेस्रो पटक बीबीएल खेल्न लाग्नुभएको हो । यसअघि सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका थिए । उनले दुवै सिजनमा गरी बीबीएलमा २० खेल खेल्दै २६ विकेट लिएका थिए । गत संस्करणमा सन्दीपको उत्कृष्ट प्रदर्शनकै कारण मेलबर्न फाइनलमा पुगेको थियो ।

बीबीएलका लागि होबर्टमा सामेल हुन पाउँदा सम्मान महसुस गरेको सन्दीपले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन् । अष्ट्रेलियामा आफूले सधैँ माया र सम्मान पाएको उनको भनाइ छ । इन्डियन प्रिमियर लिग (आइपीएल) बाट फर्किएका उनी हाल चितवनस्थित घरमा रहेका छन् । यस पटकको आइपीएलमा उनले कुनै पनि खेल खेल्न पाएनन् ।

यस्तै होबर्टका मुख्य प्रशिक्षक एडम ग्रिफ्टले सन्दीपको अगमनले टिमको बलिङ पक्ष थप बलियो भएको बताएका छन् । सन्दीपमा जहिले पनि रहस्यमय स्पिनको साथ खेल परिवर्तन गर्नसक्ने खुबी भएको र इनिङ्सको कुनै पनि चरणमा बलिङ गर्न सक्ने उनको भनाइ छ । सन्दीप ‘विकेट टेकर’ भएकाले बलिङमा अर्को आयाम थपिने प्रशिक्षक ग्रिफ्टले उल्लेख गरे ।

नयाँ सिजनको बीबीएल आगामी डिसेम्बर १० अर्थात् मङ्सिर २५ गतेदेखि शुरु हुनेछ । यस सिजनमा हरेक टिमले तीन विदेशी खेलाडीलाई प्लेइङ सेटमा राख्न पाउने छन् । यसअघि बीबीएलमा दुई विदेशी खेलाडीलाई मात्र राख्न पाइने नियम थियो ।

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।