रुपन्देहीमा कोरोना संक्रमित महिलाको मृत्यु

६ मंसिर, बुटवल । रुपन्देहीको भैरहवास्थित भिम अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

सियारी गाउँपालिका-४ की ६५ वर्षीया महिलाको शनिबार मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलले बताए ।

उनका अनुसार गत कात्तिक २३ गते ती महिलालाई कोरोना पोजिटिभ देखिएपछि २४ गते अस्पताल भर्ना गरिएको थियो । उनको शनिबार दिउँसो २ बजेर २० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

एनएमबि न्यूज