Advertisement

About Author

Morgan Howen

Morgan is an example author of everest news. She has just a dummy image &

Everest News

Ut interdum risus felis, eget rhoncus sem aliquam nec. Sed eu congue arcu. Duis ultricies orci nec diam malesuada accumsan. Aliquam pulvinar pulvinar orci, nec ornare ex efficitur ac. Proin quis laoreet quam. Praesent sagittis mollis turpis tempus sodales. Ut efficitur tortor nec condimentum ornare.

छुट्टा-छ्ट्टै स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु

६ मंसिर, काठमाडौं । प्युठान, बारा, सिन्ध्ली, तनहुँ र सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । प्युठानको गौमुखी गाउँपालिका-७ चौताराकी ६ वर्षीया बालिका रजिना पुरीको ट्याक्टरले किचेर मृत्यु भएको छ । रा.१ त ७४७ नम्बरको ट्याक्टरमा सवार रजिनाको झिमरुक गाउँपालिका-८ चैतेबारीमा ट्याक्टरबाट झर्ने क्रममा ट्याक्टरले किच्दा घटनास्थलमै मृत्यु भएको हो ।

यसैगरी बाराको जितपुरसिमरा उपमहानगरपालिका-१६ पैनी टोलमा प्रदेश ३-०२-०१४ प ५२५६ नम्बरको मोटरसाईकल अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाँउ बस्ने २३ वर्षीय सुदिप खरेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको वीरगंज न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सर्लाहीको हरिबन नगरपालिका-२ बेलचौतरामा पनि ना.६ त ३०९३ नम्बरको ट्याक्टर शुक्रबार राति बाटोबाट करिब ३० फिट तल खसेर दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने ४१ वर्षीय कामी सिंह घलानको ट्याक्टरमा च्यापिएर घटनास्थलमै मृत्यु भएको छ ।

सिन्धुलीको दुधौली नगरपालिका-५ सिर्थौली नयाँ टोलमा पनि ना.५ त १९५१ नम्बरको ट्याक्टर शनिबार बिहान दुर्घटना हुँदा सोही नगरपालिका छपाहा बस्ने ट्याक्टर चालक २१ वर्षीय बियस कुमार दनुवारको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली हुँदै थप उपचारको लागि जिल्ला अस्पताल सिन्धुलीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

तनहुँको भानु नगरपालिका-५ पञ्चनगरस्थित डुम्रे चन्द्रावती सडकमा पनि बा.७० प ६९०१ नम्बरको मोटरसाइकलले शनिबार बिहान ठक्कर दिँदा पैदलयात्री सोही ठाउँ बाङ्गेरुवा बस्ने राजु सिम्खडाको छोरा ८ वर्षीय आईज्याक सिम्खडाको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको लक्ष्मी अस्पताल डुम्रेमा सामान्य उपचार पश्चात पुरानो मेडिकल कलेज भतरपुर चितवनतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

एनएमबि न्यूज