समाचार

बाबुराम भट्टराई दम्पती एक महिनापछि कोरोना मुक्त

baburam

७ मंसिर, काठमाडौं । पूर्वप्रधानमन्त्री एंव  जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र उनकी पत्नी पूर्वमन्त्री हिसिला यमी कोरोना संक्रमणमुक्त भएका छन् ।

संक्रमण भएको एक महिनापछि आफूहरू दुवैको कोरोना रिपोर्ट नेगेटिभ आएको भट्टराईले ट्वीटरमार्फत् जानकारी दिएका हुन् । डा. भट्टराईले कोरोना भाइरसको महाव्याधिलाई एक्लाएक्लै जित्न सकिन्न नसकिने भन्दै सबैको समान प्रयास आवश्यक भएको समेत बताएका छन् ।

एक महिनापछि कोभिड–१९ सँग हामी दुबैले युद्धविराम गरियो र नेगेटिभ रिपोर्ट प्राप्त गरियो । यो युद्धविराम हो, विजय हैन । यो महाव्याधीलाई एक्लाएक्लै जित्न सकिन्न, मानवजातिले संयुक्त रुपमा जित्नु पर्छ । अतः सबैले नियमित सुरक्षा विधि जारी राखौँ । शुभकामना र विविध सहयोग गर्नुहुने सबैलाई मुरीमुरी धन्यवाद ।,’ भट्टराईले ट्वीटरमा लेखेका छन् ।

भट्टराई दम्पतीलाई कार्तिक ७ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस