८ मंसिर, काठमाडौं । सनराइज बैंकले आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनााफाबाबाट लाभांश घोषणा गरेको छ । २०७७ मंसिर ७ गते बसेको बैंक सञ्चालक समितिको बैंठकले सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ८.२८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये ५.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी २.४८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ । बैंकको हालको चुक्ता पुँजी ८ अर्ब ९६ करोड ७८ लाख ११ हजार ४३६ रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस