८ मंसिर, दाङ । दाङमा जुवातास खेल्दै गरेका ७ जना जुवाडेलाई झण्डै डेढ लाखसहित प्रहरीले समातेको छ ।
सोमबार बिहान १ बजेतिर राप्ती गाउँपालिका–३ लालमटियास्थित राप्ती फेम्ली रेष्टुरेन्टबाट प्रहरीले उनीहरुलाई समातेको हो । सूचना पाएर गएको प्रहरीले उनीहरुको साथबाट नगद १ लाख ४६ हजार रुपैयाँ र १० गड्डी तास बरामद गरेको दाङ प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा राप्ती गाउँपालिका–३ का चुमानसिंह सुनार, सोही ठाउँका अक्कबर हुसेन मिया, अल्ली शाह, कृष्ण बहादुर राना, यम बहादुर राना, रुपेश आले र एडिस मिया रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस