‘सत्ता साझेदारीका विषयमा छलफल भएको छैन’

८ मंसिर, काठमाडौं । ‘नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी सभापति शेरबहादुर देउवाबीच भएको भेटघाट सत्ता साझेदारीका विषयमा नभएको स्पष्ट गरेका छन् ।

नेपाल प्रेस युनियन कपिलवस्तुले तौलिहवामा आज आयोजना गरेको पत्रकार सम्मेलनमा डा महतले काँग्रेस सत्ता साझेदारी गर्ने अभियानमा नभएको र साझेदारीको आवश्यकतासमेत नरहेको बताए ।

अर्को प्रसङ्गमा उनले कोरोना सङ्क्रमण बढ्दै गर्दा सरकारले स्वास्थ्य सेवा प्रवाहमा खासै चासो नदिएको र  पिसिआर परीक्षणको दायरा घटाउने कार्य गरेको आरोप लगाए ।

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।