१० मंसिर, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य पुनः तोलामा एक हजार रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य घटेर तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको छ।
यसैबीच मंगलबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । मंगलबार तोलामा ११८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा ११७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस