Advertisement

About Author

Morgan Howen

Morgan is an example author of everest news. She has just a dummy image &

Everest News

Ut interdum risus felis, eget rhoncus sem aliquam nec. Sed eu congue arcu. Duis ultricies orci nec diam malesuada accumsan. Aliquam pulvinar pulvinar orci, nec ornare ex efficitur ac. Proin quis laoreet quam. Praesent sagittis mollis turpis tempus sodales. Ut efficitur tortor nec condimentum ornare.

नेपाल–चीन व्यापार सम्झौताः कार्यदलको बैठक एकपटक मात्र

११ मंसिर, काठमाडौं ।  नेपाल–चीन व्यापारसम्बन्धी समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको १ वर्ष बिते पनि यसमा कुनै प्रगति भएको छैन । २०७६ असोजमा चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका क्रममा भएको व्यापारसम्बन्धी सम्झौता कार्यान्वयनका लागि ‘नेपाल–चीन व्यापार संयुक्त कार्यदल’ गठन गरिए पनि हालसम्म यसको बैठक एकपटक मात्रै बसेको छ ।

द्विपक्षीय व्यापारमा देखिएका समस्याहरू सल्टाउन र व्यापार वृद्धि गर्न कार्यदल गठन गर्ने सहमति भएको थियो । गत असोजमा भएको भर्चुअल बैठकमा कोरोना संक्रमणका कारण नाकामा देखिएको समस्या समाधानका साथै ट्रान्जिट रुट सञ्चालनमा ल्याउने विषयमा छलफल भएको थियो । तर, अझै नाका पूर्णरूपमा सञ्चालनमा आएका छैनन् । चिनियाँ लगानी नेपाल भित्र्याउने विषयमा समेत कार्यदलको बैठकमा छलफल भएको मन्त्रालयका सहसचिव प्रकाश दाहालले जानकारी दिए ।

नेपालको उत्तरी छिमेकी मुलुक चीनसँगको व्यापार सहजीकरणका लागि गरिएको पारवहन ढुवानी सम्झौता प्रोटोकल कार्यान्वयन गर्ने विषयमा पनि छलफल भइरहेको मन्त्रालयले उल्लेख गरेको छ । यद्यपि कोरोना संक्रमण जारी रहँदा निर्यात–आयातमा परेको प्रभाव हटाउन कार्यदलले प्रभावकारी भूमिका खेलेको देखिएको छैन ।

अहिले नेपालबाट स्थलमार्ग हुँदै चीनतर्फ हुने निर्यात ठप्प प्रायः छ । चीनबाट हुने आयात पनि उल्लेख्य मात्रामा घटेको छ । तातोपानी र रसुवागढी नाकाबाट सामान सहज रूपमा नेपाल आउन सकेका छैनन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा  छ ।

पत्रपत्रिका