११ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दुई छिमेकी देश भारत र चीनसँग मिलेर एकसाथ अघि बढ्न चाहेको बताएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले नेपाल चीन र भारत दुवै देशसँग सहकार्य गरेर अघि बढ्ने बताएका हुन् ।
उनले दुवै देशसँग सुमधुर सम्बन्ध हुँदा मात्रै नेपालको विकासमा थप सहयोग पुग्ने बताए । भारत र चीन्बाट भइरहेका नेपाल भ्रमणका विषयमा संसदीय सुनुवाइ समितिमा केही सांसदहरुले भारतीय वा चिनियाँ कार्ड खेल्न खोजेको हो कि प्रश्न उठाएका थिए ।
त्यसको जवाफमा पनि मन्त्री ज्ञवालीले नेपाल जस्तो देशले कार्ड खेलेर खेलिने मित्रराष्ट्र भारत र चीन नभएको बताए । उनले दुवै देशसँग राम्रो सम्बन्ध राखेर अघि बढेमात्रै आर्थिक विकासबाट लाभ लिन सकिने बताए ।
प्रतिक्रिया दिनुहोस