समाचार

जनकपुरमा महिलाको शव फेला

sab fela

११ मंसिर, जनकपुर । जनकपुरधाममा एक मृत महिलाको शव फेला परेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर वडा ७ स्थित बेलाकुट्टीमा रहेको स्थानीय सुरेश साहको घरमा डेरा लिई बस्ने राजेश चौरसियाकी २२ वर्षीया श्रीमती रेखा चौरसिया बिहीबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रबक्ता डीएसपी मकेन्द्र मिश्रले जानकारी दिए ।

बारा कलैया घर भई हाल जनकपुरमा डेरा लिई बस्दै आएकी रेखाको कर्तव्य गरि ज्यान मारेको हुनसक्ने आशंका गरिएको डीएसपी मिश्रले बताए । उनले मृतक महिलाको शव हेर्दा हत्या भएको हुनसक्ने अनुमान गरिएको बताए ।

मृतक र मृतकका श्रीमान दुवै सँगै बस्दै आएका थिए । घटनापछि मृतक रेखाका श्रीमान राजेश फरार भएका छन् । रेखाको शवलाई अहिले पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । फरार पति राजेशको खोजी कार्य गरिहेको तथा घटना विषयमा थप अनुसन्धान गरिरहेको डीएसपी मिश्रले जानकारी दि ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस