१३ मंसिर, काठमाडौं । चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङही एकदिने नेपाल भ्रमणमा आउने भएका छन् ।
सरकारले चिनियाँ रक्षामन्त्री फेङही आइतबार अर्थात भोलि एकदिने नेपाल भ्रमणमा आउने औपचारिक जानकारी दिएको छ ।
भ्रमणमा स्टेट काउन्सिलर वेई फेङही, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच औपचारिक भेटघाट हुने कार्यक्रम रहेको छ । काउन्सिलर फेङही आइतबार नै चीन फर्कने छन् ।