समाचार

स्वास्थ्य सचिव र सशस्त्र प्रहरी महानिरीक्षकद्वारा बलम्बु अस्पतालका संक्रमितसँग भेट

Corona Hospital

१३ मंसिर, काठमाडौं । स्वास्थ्य मन्त्रालयका सचिव डा. सुरेश तिवारी र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले एपीएफ अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित बिरामीलाई भेटेका छन् ।

स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरेर महानिरीक्षक खनाल र स्वास्थ्य मन्त्रालयका महामारी विज्ञ डा. सुरेश तिवारीले संक्रमितसँग भेटका साथै उपचारबारे जानकारी लिएका हुन् । सशस्त्र प्रहरी बलले संचालन गरेको एपीएफ अस्पताललाई सरकारले कोभिड–१९ को डेडिकेटेड अस्पताल तोकेको छ । सो अस्पतालमा अहिले कोरोना संक्रमितको मात्रै उपचार गरिन्छ ।

अस्पतालको आईसीयू, एचसीयू, भेन्टिलेटर, तथा जनरल वार्डका बिरामीसँग स्वास्थ्य अवस्था बारे कुरा गरेका थिए । स्वास्थ्य मापदण्ड पालना गर्दै स्वास्थ्य सचिव तिवारी र सशस्त्र प्रहरी प्रमुख खनाल त्यहाँ पुगेका सशस्त्र प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस