१४ मंसिर, काठमाडौं । मोरङको रंगेलीबाट शारीरिक र मानसिक रुपमा फरक क्षमता भएकी ३५ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।
शनिबार अपरान्ह दुई बजे रंगेली नगरपालिका–५ बहुवान स्थित कदमगाछि टोल बस्ने ती युवतीलाई २५ वर्षका बौका भन्ने सुरेन्द्र मण्डलले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
बौकाले युवती एक्लै भएको मौका पारी धान परालको बोझामा जबरजस्ती करणी गरेको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले बौकालाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस