१५ मंसिर, काठमाडौं । नेपाली बजारमा सोमबार छापावाल सुनको मूल्यमा गिरावट आएको छ ।
सोमबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य ९० हजार रुपैयाँ कायम भएको छ । यो अघिल्लो दिनको तुलनामा ७ सय रुपैयाँ सस्तो हो । आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ थियो ।
यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन तोलामा ११५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ११२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस