१७ मंसिर, काठमाडौं । बलिउड अभिनेत्री उर्मिला मातोडकर शिवसेना प्रवेश गरेकी छन् ।
गत वर्ष भएको निर्वाचनमा उनी कांग्रेसको तर्फबाट निर्वाचन लडेकी थिइन् । सो निर्वाचनमा उनलाई भारतीय जनता पार्टीका गोपाल शेट्टीले पराजित गरेका थिए । निर्वाचनमा पराजय भोगेपछि उनले गत वर्ष सेप्टेम्बरमा कांग्रेस छाडेकी थिइन् ।
उनले पार्टी प्रवेश गरेको पाँच महिनामा सो पार्टी छाडेकी हुन् । मंगलबार महाराष्ट्रका मुख्यमन्त्री तथा शिवसेना प्रमूख उद्धव ठाकरेको निवासमा उनले पार्टीको प्राथमिक सदस्यता लिएकी हुन् ।
शिवसेना श्रोतले उर्मिलालाई राज्यपाल कोटाबाट विधान परिषद्को सदस्य बनाउने प्रयास भइरहेको जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
'