१७ मंसिर, बुटवल । बुटवलमा ट्रकले ठक्करबाट आज दिउँसो एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्र्तगत बुटवलमा स्कुटरलाई ट्रकले ठक्करले ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवलको पुष्पलाल पार्कबाट राजमार्ग चाौराहतर्फ जाँदै गरेको ना ७ ख १३३९ नम्वरको ट्रकले सोही दिशातर्फ जाँंदै गरेको लु ४९ प २५२ नंम्वरको स्कुटरलाई ठक्कर दिँदा बुटवल ८ बस्ने भरत शर्माको मृत्यु भएको छ ।
ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस